हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

क्वारेन्टीनमा सरसफाई गर्ने श्रीमान् श्रीमतीलाई नै कोरोना पुष्टी !

स्याङजा :स्याङजामा पहिलो पटक जिल्लामा नै रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ । गल्याङ नगरपालिकाकाे बहुमुखी क्याम्पस क्वारेन्टीनमा सरसफाई गर्ने २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

श्रीमान् श्रीमती नै सरसफाई गर्दै आएकोमा दुवैमा कोरोना पुष्टी भएका स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले प्रदेशले निकालेको सुचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउदा प्रष्ट भएको जानकारी दिनुभयो ।

उनीहरुले क्वारेन्टीनमा सरसफाई गर्दै आईरहेका थिए । उनीहरु बजारमा निरन्तर हिडडुल गर्नुका साथै नगरपालिकाका कर्मचारीहरुसँग पनि सम्पर्कमा रहेको बताईएको छ ।आज मात्रै गल्याङमा १८ जना संक्रमित थपिएका छन ।

त्यस्तै जिल्लामा संक्रमित ६० पुगेकाछन् । एक जनाको ज्यान गईसकेको छ ।यसअघि गल्याङमा क्वारेन्टीन अस्तव्यस्त रहेको भन्दै क्वारेन्टीनम बस्नेले आन्दोलन गरेका थिए भने जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गर्दै सुधार्न निर्देशन दिएको थियो ।