हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

कोरोना जितेर फर्कने दिनानुदिन बढ्दै

बाँके । एकजना मृ’तकसहित २८२ जनामा सङ्क्रमण देखिएको बाँकेमा पछिल्लो समय कोरोना जि’तेर घर फिर्ता हुनेको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठका अनुसार बिहीबारसम्म १५५ जना कोरोना जि’तेर घर फिर्ता हुनुभएको छ । बिहीबार कोहलपुरको पिपिरीमा रहेको कृषि विकास बैङ्क तालिम केन्द्रको एकान्तवासबाट नरैनापुरका १९ र खजुरास्थित सुशील कोइराला प्र’खर क्या’न्सर अस्पतालबाट नेपालगञ्जका एकजना डिस्चार्ज हुनुभएको छ ।

बाँकेमा पछिल्लो समय एकान्तवास केन्द्र र क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घ’टिरहेको जानकारी दिँदै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले भन्नुभयो, ‘एकसाथ धेरैजना नि’को भएर घर फिर्ता हुन थालेपछि आमनागरिकमा उ’त्साह छाएको छ ।’बाँकेका आठवटा स्थानीय तहमा ११ वटा क्वारेन्टाइन रहेका छन् । पछिल्लो समय भारतबाट भित्रिनेको सङ्ख्या न्यून हुन थालेपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पनि कम हुन थालेको छ । बाँकेका क्वारेन्टाइनबाट हालसम्म चार हजार ४०४ जना फिर्ता हुनुभएको छ ।  

बाँकेका सबै क्वारेन्टाइनमा करिब तीन हजार चार सयजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।क्वारेन्टाइनमा बस्नेहरूको पीसीआर र आरडीटी जाँ’च गरेर नेगेटिभ रिपोर्ट आउनेलाई घरमा एक साता क्वारेन्टाइनमा बस्नेगरी पठाउने गरिएको छ ।कोरोनाको ह’टस्पट का रूपमा रहेको नरैनापुरका अधिकांश सङ्क्रमित कोरोना जि’तेर घर फिर्ता हुनुभएको छ । गोरखापत्र