हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी

चितवन । चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त भएको स्रोतका अनुसार भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामामा कोरोना संक्रमण फेला परेको हो ।

माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन् ।