काठमाडौं– धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाको विभिन्न वडाका २७ जनाको कोरोना देखिएको छ। गाउँपालिका सूचना अधिकारी धन बहादुर मास्कीका अनुसार गाउँपालिकाका २७ जनाको शुक्रबार कोरोना पुष्टी भएको हो।
गाउँपालिकाले क्वारेन्टाइनमा रहेको ६८ जनाको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु पठाइएको थियो। २८ गते पठाएकामध्ये २७ जनामा संक्रमण भेटिएको हो। पठाइएको नमुना मध्ये २५ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण देखिएको छ।
३ जना महिला र ३८ जना पुरुषको रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गाउँपालिकाले ५ जना महिला र ६३ जना पुरुषको स्वाब संकलन गरी पठाएको थियो।
जसमा गाउँपालिकाको वडा नम्बर १ का ५ जना, २ को १० जना, ५ को ३ जना, ६ को ३ जना र ७ नम्बर वडाको ६ जनामा कोरोना देखिएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ।
Recent Comments