हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

कोरोना संक्रमित जिल्ला नुवाकोटको स्कुलमा भर्ना खुल्यो, प्रधानाध्यापकले गरे घोषणा

नुवाकोट : कोभिड –१९ को कारण विगत ८१ दिनदेखि जारी बन्दाबन्दीका बाबजुद नुवाकोटको किस्पाङ गाउँपालिकाको सात्दोवाटोमा रहेको श्री ज्ञानज्योती माध्यमिक विद्यालय खुल्ने भएको छ । विद्यालयका प्रधानाध्यापक मुकुन्द रिजालले सो कुराको जानकारी गराएका छन् ।

आज आफ्नो फेसबुकमा लेख्दै रिजालले यहि जेष्ठ ३२ गते आइतवार बिहान ७ बजेदेखि १० बजेसम्म विद्यालयमा भर्ना हुन आउनेलाई भर्ना लिने तथा पुस्तक समेत वितरण गर्ने उल्लेख गरेका छन् । जानकारी दिने क्रममा प्रध्यापक रिजालले विद्यालयजस्तो भिडभाड हुने ठाउँमा आउँदा सामाजिक दुरी तथा सरुवा रोग कोभिडबाट कसरी जोगिने भन्ने जस्ता कुराहरु केहि खुलाएका छैनन् ।

तर सरकारले लकडाउनका बिच कुनै पनि शैक्षिक गतिबिधि सञ्चालन गर्नको लागि अनुमति दिएको छैन् । प्रध्यापक रिजालले घोषणा गरेकै दिन नेपालमा अहिलेसम्मकै बढी ४४८ जना कोरोना संक्रमित फेला परेका छन् ।