हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

आपत परेको बेलामा मद्दत नगर्ने हो भने साथीको के काम ?

काठमाडौं : ठूलो जंगलको एक पोखरी नजिकै एउटा सानो हाँसको बच्चा बस्तथ्यो । उसलाई एक दिन साह्रै भोक लाग्यो । उसले आफ्नो भोक मेटाउनको लागि कीरा–फट्यांग्र खोज्न थाल्यो । तर उसले जति प्रयास गरे पनि कीरा–फट्यांग्रा समात्न भने सकेन । त्यस पछि ऊ दुःखी हुँदै ठूलो–ठूलो आवाजमा क्वाँ–क्वाँ गर्दै कराउन थाल्यो ।

उसको आवाज सुनेर नजिकैको घारीमा बस्ने एउटा बच्चा कुखुरा दौडेर आयो । र, उसले हाँसको बच्चालाई ‘के भयो, तिमी किन यसरी कराएको ?’ भनेर सोध्यो ।

हाँसको बच्चाले रुँदै भन्यो– ‘मलाई साह्रै भोक लागेको छ । तर कीरा–पट्यांग्र खानाको लागि खोजेको, समात्न सकिनँ ।’

त्यो सुनेर कुखुराको बच्चाले ‘धन्दा नमान, म तिमीलाई खाना खोजेर ल्याइदिन्छु’ भन्यो । त्यस पछि कुखुराको बच्चा यता–उता गएर तरुन्तै केही कीराहरु लिएर आयो । हाँसको बच्चाले खुसी हेदै त्यो सबै खायो । बदलामा उसले कुखुराको बच्चालाई पनि माछा खुवाउने बाचा गर्‍यो । त्यस पछि ऊ पोखरीतिर दौडियो । कुखुराको बच्चा पनि पोखरीमा संगै जान्छु भन्न थाल्यो । तर हाँसको बच्चाले ‘तिमीलाई पौडन आउँदैन, डुबिन्छ यही बस’ भनेर पोखरीमा पस्यो । कुखुराको बच्चाले मन थाम्न सकेन । हाँसको बच्चा अलि पर पुगेको पनि के थियो, उसले कुखुराको बच्चाले बचाउ ! बचाउ ! भनेको आवाज सुन्यो । उसले यसो हेरेको त कुखुराको बच्चा पानीमा डुबिरहेको रहेछ । ऊ हतार हतार गएर कुखुराको बच्चाचलाई पोखरीबाट बाहिर निकाल्यो ।

पानीबाट बाहिर निस्केको केही छिनपछि दुबै मिलेर माछा खाना थाले । माछा खाइसकेपछि कुखुराको बच्चाले खुसी हुँदै भन्यो–साथी तिमीले आज मेरो ज्यान बचायौं । यसको लागि धन्यवाद ! तर हाँसकोबच्चाले नम्र हुँदै भन्यो– ‘यत्तिमै किन धन्यवाद दिनु पर्छ र ? हामी दुईजना त असल साथी हौं । साथी भएपछि त एकअर्कालाई आपत परेको बेलामा मद्दत गर्नु नै पर्छ । मद्दत नगर्ने हो भने त हामी साथी भएको के काम ?’

Title Photo: https://i1.wp.com