हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु: डा. जीवन धमला

विराटनगर : लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन कक्षमा पुर्‍याएपछि पनि शंकास्पद भन्दै निकालेर रेफर गरिदिएका छन् । तर, विराटनगरस्थित कोशी अस्पतालका स्त्री तथा प्रसूति विभागमा कार्यरत डा. जीवन धमला आफू र आफ्नो परिवारको ज्यानको जोखिम मोलेर प्रसूती सेवामा सक्रिय छन् ।

उनले त्रास हुँदाहुँदै पनि नर्मल चेकजाँच मात्र नभएर विभिन्न स्त्री रोगसँग सम्बन्धित खोप, गर्भपतन, शल्यक्रिया सेवा दिइरहेका छन् । प्राकृतिक र इमरेजन्सी प्रसूति सेवाको लकडाउन अनुभव उनले छोटकरीमा यसरी बताए- लकडाउनको समयमा विभिन्न अस्पतालले टेलिफोनमार्फत परामर्श पनि गर्न थालेको छन् । तर सबै सेवामा फोनमार्फत परामर्श गर्न सम्भव हुँदैन । जसमध्ये प्रसूूति सेवा पनि एक हो । त्यसैले, यस्तो समयमा अस्पतालमा प्रसूूति सेवामा हेलचेक्र्याँई गर्नुहुँदैन । र, त्रासकै कारण कसैलाई उपचारबाट बञ्चित पनि पार्नुहुँदैन ।

प्रसूति एउटा बिरामी मात्र नभएर सन्तानको जीवनसँग पनि जोडिएको हुन्छ । र, डाक्टरको काम जीवन दान गर्ने हो लिने होइन । संकटको बेला भन्दै उपचार गर्नबाट तर्कियो वा केही ढिलो भयो भने आमा र शिशु दुवैको ज्यान जान्छ । जुन अपराधसरह हो । यसैले प्रसूति सेवालाई इमरजेन्सी सेवाका रूपमा लिइएको हो । विश्वभरि कोरोना भाइरसको महामारी फैलिरहेको बेलामा संक्रमणको जोखिम कम गर्नका लागि लकडाउन घोषणा गरिएको छ । सरकारले पनि अत्यावश्यकबाहेक अस्पताल नजान सबैलाई आग्रह गरेको छ ।

त्यसैले अस्पतालहरू अहिले सुनसान जस्तै भएका छन् । निजी अस्पतालहरूमा बिरामीहरूको चाप खासै छैन । फेरि धेरै निजी अस्पतालहरूले कोरोनाको डरले बिरामी भर्ना गर्न पनि मानिरहेका छैनन् । केहीले त गरेको पनि निकालेर सरकारीमा रेफर गरिदिने गरेका छन् । तर प्रसूति बिमारले लकडाउन भन्दैन र पर्खँदैन पनि । यसैले लकडाउमा पनि स्त्री रोग लिएर अस्पताल आउने बिरामीहरूको कमी छैन । लकडाउन सुरु भएपछि पनि कोशी अस्पतालमा १ सय ६० भन्दा बढी सुत्केरीहरूको शल्यक्रिया भइसकेको छ ।

७ सय बढी प्रसूति गराउने बि’रामीहरू भर्ना भइसकेका छन् । जसमध्ये ५ सय बढीको न’र्मल डेलिभरी भइसकेको छ ।अस्पतालमा प्र’सूतिका लागि आउने सु’त्केरीहरूको कोरोना जाँच गरिएको हुँदैन । तर कोरोना जाँच भएको छैन भनेर उनीहरूलाई उपचारबाट ब’ञ्चित गर्न मिल्दैन । गर्भवती हुने, सुत्केरी हुने, व्यथा ला’ग्ने, र प्र’सवको बेला पी’डा हुनु प्राकृतिक प्रक्रिया हो । यसलाई चाहेर पनि रो’क्न सकिँदैन ।प्रे’गनेन्सीमा गरिएको अध्ययनले अरुको तु’लनामा कोरोना ला’ग्ने सम्भावना कम देखाएपनि कोरोना भाइरसले जो कोहीलाई पनि संक्रमित बनाउन सक्छ ।

झन् महिलाहरूले यस्तो समयमा वि’शेष ध्यान दिनुका साथै सावधानी अपनाउन पनि जरुरी हुन्छ । हामीले कसैलाई पनि कोरोनाको त्रा’स देखाएर उपचारबाट बञ्चित गराएका छैनौँ । बरु अन्तबाट कोरोनाको त्रा’सले रेफर गरेर पठाएकाहरूलाई पनि सहज उपचार गरेर घर पठाएका छौँ । शंकास्पद लागेमा मात्र कोरोना परीक्षण गराउने गरेका छौँ । अस्पतालमा रोग ला’ग्ने सम्भावना धेरै हुने हुँदा अति आवश्यक नपरेसम्म अस्पताल नै नआउनु भनेर घो’षणा गरिएको छ । तर, प्र’सूति स’मस्याले घो’षणालाई सुन्दैन पनि र मान्दैन पनि ।

प्रसूति समस्या प्राकृतिक भएकोले सेवा पनि इमर्जेन्सी नै हुन्छ । यसलाई रोक्न सकिँदैन । समयमा राम्रो तरिकाले डेलिभरि गरिएन भने थप स’मस्या निम्तिन सक्छ । आमा र शि’शु दुवैको ज्यान जान सक्छ । हामीले सकेसम्म अस्पताल आउँदा अनिवार्य मास्क लगाउनुहोस्, प्रत्येक व्यक्तिले अर्को व्यक्तिसँग दूरी कायम गर्नुपर्छ र साबुनपानीले हात धु’नुपर्छ भनेर बिरामी र कु’रुवाहरूलाई सम्झाइरहने गर्छौँ । अस्पतालको गेटमा राखिएको साबुन पानीले हात धुने, स्या’नीटाइजरको प्रयोग गर्न पनि भन्छौँ । बिरामी सँग एक जना मात्र ’भिजिटर आइदिन पनि हामी आ’ग्रह गरिरहेका छौँ ।

संसारभरि मानव न’रसंहार गरिरहेको प्रा’णघातक रोगबाट को त्रसित छैन होला र ? डर कसलाई लाग्दैन होला र ? धेरै जना अस्पतालमा आउने हुँदा अस्पताल आउने जो कोहीमा पनि संक्रमणको त्रा’स हुन्छ । अझै अस्पतालमा आउनेहरू धेरै बि’रामीहरू नै हुनेभएकोले जोखिम अझै धेरै हुन्छ । हामी डाक्टर पनि त्रासबाट अलग रहन सक्दैनौँ । तर संकटको बेला त्रासलाई कारण बनाएर पेशाको दायित्वबाट भाग्न पनि मिल्दैन ।समान्य अवस्थामा पनि स्वास्थ्यकर्मीहरूले जोखिम मोलेर दिनरात काममा खटिनु पर्दछ ।

अझ कोरोना भाइरस सक्रमणको बेलामा त हाम्रो झन् समुदायलाई आवश्यकता हुन्छ । यसैले हामीले त्रा’स भएपनि जि’म्मेवार भएर उपचारमा खटिनुपर्दछ । मलाई पनि सुरुसुरुमा त एकदम डर लागेको थियो तर विस्तारै सामान्य रुटिन जस्तै काम हुन थालेको छ । आजकल डर पनि हराउँदै गएको छ । आफूमा संक्रमण सर्न सक्छ भन्ने डर भएपनि आफ्नो कारणले परिवारका सदस्यलाई पो सर्छ कि भन्नेचाहिँ बढी ड’र छ । त्यसैले, आफू र परिवारलाई संक्रमणबाट टाढा राख्न आफू सुरक्षित हुने हरेक प्रयास गरिरहेको छु ।

घरमा पनि सेल्फ क्वारेन्टाइमा बसेको छु । कोरोना भाइरस संक्रमितको उपचारमा लगाउने जस्तो पीपीई त छैन तर आवश्यक सुरक्षा सामग्री प्रयोग गरेर सक्दो सावधानी अपनाइरहेको छु । पटकपटक साबुन पानीले हात धुने, ओपीडीमा बिरामीलाई जाँच्दा मास्क लगाउने, टोपी, पञ्जा र गाउन लगाउन भुल्ने गरेको छैन । शल्यक्रिया गर्दा भने थप सतर्कता अपनाउने गर्छु ।अस्पताल आउने सबै ग’र्भवतीहरूको पहिले ज्वरो ना’प्ने गरिएको छ । तर इमरेजेन्सी मात्र नभएर प्राकृतिक स’मस्या पनि भएकोले ज्वरो आएकोहरूलाई डे’लिभरी गराउँदिन भन्नु पनि हुँदैन ।

यसैले सबैको डेलिभरी गराइरहेका छौँ । शंकास्पद बिरामी आएको खण्डमा चाहिँ हामी विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार जान्छौं ।उनीहरूको ट्राभल हिस्ट्री लिएर कोरोना परीक्षण गराउने गरेका छौँ । शंकास्पद नभएको खण्डमा ज्वरोको कारण पत्ता लगाएर चाहिने उपचार गर्छौं । तर कोरोना लागेको भएपनि उनीहरूलाई सुरक्षित तरिका अपनाएर डेलिभरी त गराउनैपर्छ । म त अस्पतालमा कोरोना संक्रमित गर्भवती वा बिरामी आएपनि डेलिभरी मात्र हैन सर्जरी पनि गर्न तयार छु । प्रस्तुति : अंकिता ताम्राकार