काठमाडौं : बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ।
समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि सोही नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रक्रिया अगाडि बढाएको हो।
समाजवादी पार्टीकै सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधनको विपक्षमा संशोधन दर्ता गराएकी थिइन्।
ह्विप जारी भएसँगै दलीय निर्णयको विपक्षमा जाने सांसदहरूलाई राजनीतिक दलसम्बन्धी कानुनमा टेकेर कारबाही हुन सक्छ।
त्यस्तो कारबाहीमा सांसद पदबाट हटाउनेसम्म हुनसक्छ।
Recent Comments