हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

शनिबार २७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५३ सय ३५ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ..पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार २७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ सय पुगेको हो।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ९१३ पुगेको छ । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । शनिबार संक्रमण पुष्टि भएका २७३ मध्ये २४७ पुरुष र ३६ महिला छन् ।

४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ । ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।