हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

नयाँ नक्सा अनुमोदनको खुसीमा दीप प्रज्ज्वलन

काठमाडौं । लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले शहीद गेटमा नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो ।