हाम्रो देश
१४ माघ २०७७, बुधवार

किन भुमराहमा राख्न खोज्दैछ नेपाल वायुसेवा निगम


काठमाडौं । सधैं नराम्रो कारणले नै चर्चामा आइरहने नेपाल वायुसेवा निगमले आफैंले घोषणा गरेको पूर्व उडान तालिका केहि दिन अगि रद्द ग¥यो कारण थियो टिकट बिक्री नहुनु । लगभग बन्दनै हुन लागेको वायुसेवालाई एउटा हिम्मतिलो मानिसको कारण आज निगमले आफ्नो साख जोगाउँदै ४ वटा नया बिमान ल्याउन सक्यो ।

ती कमर्ठ निगमका कर्मचारी थिए हालसालै आफ्नो ४ वर्षे करार सकिएर बिदा भएका सुगतरत्न कंसाकार । उनैले बिमान ल्याउन पहल गरे र ल्याए पनि र उनैले जापानको ओसाका उडान घोषण पनि गरे ।

तर जब उनको बिदाई भयो तब फेरी निगमलाई पहिलाको जस्तै धरासयि बनाउने तत्वहरु चलमलाउन थाले फलस्वरुप निगमले आफ्नो ओसाका उडान रद्द ग¥यो । तर त्यहि निगमले आज जनतालाई भुमराहमा राख्दै आफ्नो उडान तालिकाबाट भने स्थगित गरेसगैं हटाएन जसले गर्दा आम सर्वसाधारणले सास्थी बेहोर्नुप¥यो ।

असार २६ गतेबाट ओसाका उडान गर्ने भनेर घोषणा गरेको निगमले असार २५ गते दिउँसो १२ बजे सम्म आफ्नो उडान तालिकाबाट भने हटाएन जसले गर्दा सर्वसाधारणहरुले सास्ती व्यहोर्नुपरेको छ ।

निगम व्यवस्थापनको गम्भिर लापरबाहिका कारण समयमानै उडान नहुनु, अन्तिम समयमा उडान स्थगीत हुनु प्राय निगमको नियम जस्तै भैरहेको गुनासो बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्