हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण

कैलाली – सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ । धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षणको क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर-२ का ल्याब असिस्टेन्टलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि भएका कञ्चनपुरका २१ जना मध्ये १४ जना लालझाडी गाउँपालिकाका रहेका र तीमध्ये एकजना ३२ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् ।

गाउँपालिकाका सङ्क्रमितहरुको जाँचमा संग्लन ती स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वरेन्टीनमा बसेका छन् । उनले आफूमा कुनै पनि लक्ष्मण देखिएको र आफू होम क्वरेन्टीनमा बसेको बताए ।

यसअघि लालझाडी गाउँपालिकासँगै जोडिएको पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।