हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

कुवेतबाट आएकी महिलामा कोरोना पुष्टि, टेकु अस्पतालको आईसीयूमा

काठमाडौं । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

 

उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।