हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

लकडाउनकाे मैका छाेपि अवैध रुपमा भारतबाट ल्याउदै गरेको सामान बरामद

जेठ ३२ अाईतबार/रबिन्द्र बराल,काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुर्ति, खैनि , सिलिवर का भाडकुडा, प्लास्टिक का सामग्री , लगायतका सामान हरु प्रहरीले पक्राउ गरेको छ । नेपाल बाट सिमाबर्ति क्षेत्र तर्फ लैजादै गरेको घरेलु मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे महात्मा रहेकाे रंगेली चाेप्राह,कर्सिया, डाईनिया, लगायतका स्थान हरु बाट साईकल तथा माेटरसाईकल काे प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ५ सय लिटर मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी का अनुसार उक्त सामान हरुकाेे बजार मुल्य अन्दाजी ३ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । साे समाना बिराटनगर स्थित अान्त्रिक राजस्व कार्यलय बिराटनगर र बिराटनगर भन्सार कार्यलय मा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेख नाथ दाहाल ले बताए ।