हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

कालीकोटको आइसोलेशन सेन्टरबाट २५ जना सङ्क्रमित डिस्चार्ज

कालीकोट – कालीकोटको कोभिड-१९ आइसोलेसन सेन्टर मान्ममा रहेको एकीकृत भवनबाट २५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

उनीहको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सात दिनसम्म होम क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।

कालीकोटमा एक जना बाजुराकासहित २९ जना कोरोना सङ्क्रमित थिए ।

अहिलेसम्म दुई हजार दुई सय ९५ जनाको आरडीटी परीक्षण गरिएको छ भने एक हजार नौ सय ७५ जना अझै क्वरेण्टीनमा बसेका छन् ।