हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

नेविसंघले आज सरकारविरुद्ध प्रर्दशन गर्ने

काठमाडौं, असार १। नेपाल विद्यार्थी संघले आज सरकारविरुद्ध काठमाडौमा प्रदर्शन गर्ने तयारी गरेको छ । सरकार भ्रष्टाचारमा लिप्त रहेको र अकर्मण्ड्य व्यबहार देखाएकाले विरोधमा उत्रिन बाध्य भएको जनाउँदै दिउँसो १ बजे काठमाडौको विजुली बजारमा प्रदर्शन गर्ने तयारी रहेको संघका महामन्त्री युवराज पाण्डेको भनाई रहेको छ ।

नेविसंघले सरकारका हरेक गलत क्रियाकलापका विरुद्धमा सरकारलाई सच्चिनका लागि दवाव दिने र आम नागरिकलाई सचेत बनाउने उद्धेश्यले आन्दोलनका कार्यक्रमहरु गर्दे आएको उनले बताए । ।नेवि संघले यसअघि कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको थियो ।