हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

भारतमा एकैदिन थपिए साढे ११ हजार संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्ने क्रम जारी छ । आइतबार एकै दिन ११ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२५ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ हजार ५२० पुगेको छ । अहिलेसम्म एक लाख ६९ हजार ७९८ जना संक्रमणमुक्त भएर घर गएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । हाल एक लाख ५३ हजार १०६ जनामा संक्रमण सक्रिय अवस्थामा छ ।