हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

मध्य क्षेत्रमा पनि भित्रियो मनसुन, मौसमविद् भन्छन्– सतर्कता अपनाउन अब ढिलो गर्नु हुन्न

काठमाण्डाै – पूर्वमा सक्रिय रहेको मनसुन मध्य क्षेत्रमा प्रवेश गरेको छ । यसकै प्रभावले काठमाण्डौ उपत्यकासहित मध्ये र पूर्वका केही ठाउँमा वर्षा भएको छ । नेपालमा गएको जुन १२ तारिख अर्थात गएको शुक्रबार दुई दिन ढिलो गरी मनसुन भित्रिएको थियो । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन त्यही सक्रिय थियो । आज भने मध्ये क्षेत्रमा भित्रिएको मौसाविद् मन्जु बासीले जानकारी दिनुभयो ।

अहिले मध्ये क्षेत्रसहित देशका पश्चिमी र पूर्वी क्षेत्रका केही ठाउँमा पनि पानी परिरहेको छ । अर्का मौसमविद् सजिना शाक्यका अनुसार पश्चिममा पश्चिमी वायूको प्रभावले वर्षा भएको हो भने पूर्व र मध्येमा मनुसुनी वायूको प्रभावले वर्षा भईरहेको हो ।

आज प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।
सोमबार पनि धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । नेपालमा हरेक वर्ष बाढी पहिरो र डुवानका कारण झण्डै दुई सय जनाको ज्यान जाने गरेको सरकारी तथ्याङ छ ।

यसपालिको मनसुन पोहोरको भन्दा अझ सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम झन् धेरै भएको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा सक्रिय रहेको मनसुन आज मध्य क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको पनि मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

यस्तै, मौसमविद्ले अब बाढी पहिरोको जोखिम बढेकाले सर्तकर्ता अपनाउन ढिला भक्इसकेको बताएका छन् । मनसुन यसपालि बढी सक्रिय हुने भएकाले बाढी पहिरोको उच्च जोखिम भएकाले बेलैमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।