चीनको राजधानी बेइजिङमा लगातार दोश्रो दिन कोरोनाका नयाँ संक्रमित फेला परेको बिबिसीले जनाएको छ। शनिबार ३६ जना कोरोना संक्रमित फेला परेकोमा आइतबार पनि ३६ कै संख्यामा बेइजिङमा नयाँ संक्रमित फेला परेका छन्।
पछिल्ला ५० दिनमा त्यहाँ एउटा पनि संक्रमित फेला परेका थिएनन्।संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरस संक्रमणको दोश्रो लहरको त्रास उत्पन्न भएको छ।
चीनका उप-प्रधानमन्त्री सन चुनलाङले सरकारी अधिकारीहरूलाई संक्रमण थप फैलिन नदिन आवश्यक निर्णायक उपाय अपाउन भनेका छन्।
संक्रमण बेइजिङको दक्षिणपूर्विमा रहेको सिङ्फाडी होलसेल खाद्ध बजारबाट सुरू भएको हो।
भेटिएका कुल संक्रमितमध्ये ७९ जना संक्रमित यही बजारसँग सम्बन्धित रहेका छन्।बेइजिङका अलावा लायोनिं, हुवेई र सिचुवान प्रान्तमा पनि बेइजिङसँग सम्बन्धित संक्रमण भेटिएको बिबिसीको समाचारमा उल्लेख छ।
स्थानिय संचारमाध्यमहरूले भाइरस आयत गरिएका सालमन माछाहरू काट्ने चपिङ बोर्डमा भेटिएको समाचार प्रकाशित गरेको बिबिसीले जनाएको छ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बेइजिङमा पछिल्लो संक्रमणको पहिलो संक्रमित बिहीबार भेटिएको र त्यसपछि शुक्रबार ६ जनामा संक्रमण प्रमाणित भएको जानकारी दिएको छ। यी संक्रमण पछिल्लो दुई महिनापछि पहिलोपटक देखिएका हुन्। चीनले मार्चमा कोरोनामाथि विजय प्राप्त गरेको घोषणा गरेको थियो।
Recent Comments