हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

बाबुराम र उपेन्द्र काठमाडौं फर्किएपछि सरिता गिरी माथि कारबाहीको निर्णय

काठमाडौं, १ असार । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई का’रवाही प्रक्रिया अगाडि बढाउने संकेत गरेको छ। सरकारले ल्याएको संविधान संशोधन विधेयकमा समर्थन गर्दै मतदान गर्ने निर्णय उ’लंघन तथा आफूखुसी संसदमा दर्ता गरेको संविधान संशोधनको विधेयक फिर्ता लिन आग्रह गरे पनि अटेर गरेपछि कारवाही गर्न लागिएको हो।

शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित भइसकेको छ। उक्त दिन सभामुख अग्निप्रसाद सापकोटाले सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको बताएका थिए। लगत्तै उनी संसदबाट बाहिरिएकी थिइन्। संसदबाट बाहिरिँदै उनले आफ्नो कुरा राख्न नदि इएको भन्दै पत्रकारहरू सँग दुखेसो पोखेकी थिइन्। समाजवादीका एक नेताले गिरीमाथि पार्टीले छानविन गरी कारवाही गर्ने तयारी गरेको बताए।

‘कारवाही प्रक्रिया अगाडि बढ्छ। छानविनपछि के-कस्तो का’रवाही गर्ने थाहा हुनेछ’, उनले भने, ‘उहाँले बोलेका सबै कुराको अनुसन्धान गर्नु पर्छ भन्ने कुरा पार्टीमा उठेको छ। अहिले नै यही कारवाही हुन्छ भन्ने छै न।’ पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले कुरा गर्दै सांसद गिरीमाथि का’रवाही हुने बताए। समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव काठमाडौं बाहिर छन्।

‘अध्यक्षद्वय काठमाडौं आएपछि यसबारे छलफल गरी निर्णयमा पुग्छौं’ उनले भने। समानुपातिक काेटाबाट सांसद बनेकी गिरीलाइ पटकपटक पार्टीकाे निर्णय मान्न अनुराेध गर्दा पनि अटेरी गरेकाे र सिंगाे पार्टी संवि धान संशाेधनकाे पक्षमा उभिँदा एक्लैले मात्र विरू द्धमा प्रस्ताव दर्ता गराएकाे तथा संशाेधन पक्षमा मतदान नगरी संसदबाट बाहिरिएकाे विषयमा पार्टीले कारबाही गर्ने निर्णय भएकाे स्राेतकाे दाबी छ ।