हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

माडीका गौरव थापाको हत्याको आशंकामा ७ जना प्रहरी नियन्त्रणमा

माडी नगरपालिका ७मा मृत्यु भएका गौरव थापाको हत्या भएको आशंकामा ६ जना विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । उजुरी दर्ता भएसंगै इलाका प्रहरी कार्यालय माडीले छानविनका लागि हिजो(आईतबार) ७ जनालाई नियन्त्रणमा लिएको छ । किटानी जाहेरी नभएपनि हत्याको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको हो । मृतकका अंकल सुरेश थापाले उनीसंगै पोखरीमा माछा निकाल्ने काम गरेका ६ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।

आइतबार साँझ आफ्नै घर नजिक पोखरीको डिलमा अचेत अवस्थामा भेटिएका २२ बर्षिय थापालाई स्थानियले बघौंडा अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याउँदा थापाको मृत्यु भइसकेको थियो । दिनभर कुलोको काम गरेर घर फर्कने क्रममा एक महिलाले पोखरीमा उनलाई डुवेको अवस्थामा देखेपछि स्थानीयलाई उद्धारका लागि बोलाएकी थिईन् ।

दिनभर गाँउकै साथीहरुसंग पोखरीबाट माछा निकालेर काठमाडौं पठाउन गाडीमा लोडगरि पोखरीकै डिलमा खाजा खाएका गौरव साँझ अचेत अवस्थामा भेटिएको बताइएको छ ।

उनको शव गएराती नै पोष्टमार्टमका लागी भरतपुर ल्याइएको थियो । अहिले पोष्टमार्टम पछि शव अन्त्यष्टिका लागी माडी नै लगिएको छ । पोष्टमार्टमको रिपोर्ट एक दुई दिनमा आउने बताइएको छ ।