हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

सरिता गिरी पार्टी र सांसदबाट निस्कासित

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरिता गिरीलाई प्रतिनिधिसभा सदस्यबाट निस्कासित गरेकाे छ ।राजपाले गिरीलाई साेमबार सांसदबाट निस्कासित गरेको हाे। राजपाले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसदबाट हटाएको जनाएको छ ।

पार्टीको निर्णय विपरीत कार्य गरेकाेले राजपाले गिरीलाई सांसदबाट हटाएको हाे । संविधान संशाेधनमा गिरी पार्टीको निर्णय विपरीत प्रस्तुत भएकी थिइन् ।पछिल्लो समय राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले मुलुक नयाँ नक्शा कार्यान्वयनकाे लागि संविधान संशाेधनकाे पक्षमा मतदान गर्ने निर्णय गरेको थियोे ।

जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई संविधान संशाेधनकाे पक्षमा मतदान गर्न ह्वीप लगाएको थियाे ।गिरी भने पार्टी ह्वीप विपरीत संविधान संशोधनकाे विपक्षा उभिएकी थिइन्। सरकारले संविधान संशाेधन विधेयक ल्याएपछि गिरीले त्यसलाई खारेज माग गर्दै प्रस्ताव दर्ता गरेकी थिइन ।जनता समाजवादी पार्टीले गिरीलाई प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियोे ।

पार्टीले प्रस्ताव फितार्न नलिए कार्बाही गर्ने चेतावनी समेत दिएको थियोे । तर गिरी भने पार्टीको निर्णय र चेतावनीलाई बेवास्ता गर्दै संविधान संशोधनकाे विपक्षमै अडिग भएकी थिइन् । शनिबार प्रतिनिधिसभामा संविधान संशाेधनकाे लागि मतदान हुँदा गिरी संसदबाट बाहिरिएकी थिइन् ।