हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

भुवन थापाले ढुङ्गामा कुँदेको नेपालको नयाँ नक्सा !

नेपाल सरकार र नेपालको संसदले भारत अति’क्रमित नेपाली भूभागसमेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सम्पूर्ण राजनैतिक दलहरु एक भएर एउटा ऐतिहासिक निर्णय गरेको यो बिषयले नेपालमा ठुलो खुशी छाएको छ ।

नेपालको राजनीतिमा भारतको प्रभावलाई हेर्दा भुमि फिर्ता लिन नसकेपनि कम्तिमा नयाँ नक्सा जारी गर्नु पनि आफैमा एउटा उपलब्धि भएको मान्नु पर्छ ।

उता भारतले नेपालको नयाँ नक्सालाई स्वीकार्न गर्न नसक्ने भन्दै तिखो प्रतिक्रिया दिएको छ ।नयाँ नक्सा सहित सामाजिक संजालमा आआफ्नो प्रोफाइल सजाउने नेपालीको ठुलो लहर नै चलेको छ फेसबुक ट्वीटरमा । यहि नयाँ नक्सालाई भुवन थापाले यसरी ढुँगामा कुदेर यति राम्रो बनाएका छन । हेर्नुहोस फोटो