हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा थप १ जना कोरोना संक्रमित थपिएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंकी महिलामा संक्रमण देखिएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टि भएको हो।यसअघि सोमबार पनि काठमाडौंका ४ जनामा संक्रमण देखिएको थियो।

मंगलबारमात्र ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।