हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

भारत हिँडेकी सरिता गिरी सिमामा रोकिइन्

काठमाडौं : जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमामा रोकेको छ। सिरहाको ठाडी नाकाबाट मंगलबार उनी भारत जान लागेकी थिइन्। सिरहाको ठाडी नाकाबाट मंगलबार भारत तर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदी बताए।

एसपी चतुर्वेदीले भने, उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर राेकेका हौं,उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ।’ भारतले बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ। तर, उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि नेपाल प्रहरीले रोकेको हो।

सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्साप्रति फरक मत राखेपछि वि’वादमा आएकी थिइन् । भारतले आफ्नो दावी गर्दै आएको लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समेटे पछि गिरीले त्यसको वि’रोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनी वि’रुद्ध सडकमा निरन्तर प्र’दर्शनहरु भएका थिए। गिरीको माइत भारत हो।