हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

चिनियाँ सेनासँगको झडपपछि ३४ भारतीय सेना बेपत्ता

३ असार २०७७, बुधबार काठमाडौं। ल’द्दाखको ग’लवान उपत्यकामा गए राति भएको चिनियाँ सेनासँगको झ’डपपछि ३४ भारतीय सेना बे’पत्ता भएका छन् ।भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले झ’डपपछि ३४ भारतीय सेना वे’पत्ता भएको समाचार प्रकाशित गरेको छ ।

भारतीय अधिकारीहरुले बे’पत्ता रहेका सैनिकहरु मृ’त्यु भएको हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने उल्लेख गरिएको छ । तर, यसबारे भारतले अहिलेसम्म औपचारिक जानकारी गराएको छैन ।

यसअघि भारतीय सेनाले ग’लवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झ’डप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृ’त्यु भएको पुष्टि गरिसकेको छ ।चिनियाँ र भारतीय सेनाबीच ध’केलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट ख’सेको भारतीय अधिकारीको दा’वी छ ।

चीनल भने सीमा रेखा पार गरेर भारतीय सेना चीन पसेका कारण झ’डप भएको बताइसकेको छ । लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा वि’वाद चल्दै आएको छ ।