ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्। वर्ल्डमिटरका अनुसार त्यहाँ एकैदिन ३७ हजार २ सय ७८ बढी संक्रमित फेला परेका हुन्।
ब्राजिल सर्वाधिक कोरोना संक्रमित भएको विश्वको दोश्रो देश हो। पहिलो नम्बरमा अमेरिका रहेको छ। योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख २८ हजार ८ सय २४ पुगेको छ।
कोरोनाबाट ब्राजिलमा हालसम्म ४५ हजार ४ सय ५६ जनाको ज्यान गएको छ। यसैगरी छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ३५ नयाँ संक्रमित फेला परेका छन्।
भारतमा हालसम्म ११ हजार ९ सय २१ जनाको कोरोनाबाट मृत्यु भइसकेको वर्ल्डमिटरले जनाएको छ। संक्रमित संख्याको आधारमा भारत चौथो नम्बरमा रहेको छ।
Recent Comments