हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बिहानै कालापानी प्रस्थान

काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) शैलेन्द्र खनाल भारतले अ’तिक्र’मण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरी क्षणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । आज (बुधबार) बिहानै त्यसतर्फ प्रस्थान गरेका हुन्।

गृह मन्त्रालय स्रोतका अनुसार भारतले अ’तिक्र’मण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यसका लागि उनीहरू काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएकाे गृह स्रोतले जानकारी दियो। त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु जानेछन्।

दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा अवस्थाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसँग जानकारी लिने कार्यक्रम रहेकाे गृह स्रोतले जानकारी दिएको छ । दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा र सीमाको अवस्था बारे प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखसँग जानकारी लिने स्रोतले बतायो ।