हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

एयर लिफ्टिङ मार्फत १५ गर्भवती र सुत्केरीको उद्धार

पोखरा, असार ३ गते । गण्डकी प्रदेश सरकारले एयर लिफ्टिङ मार्फत १५ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरि सुविधा सम्पन्न अस्पतालमा पु¥याएको जनाएको छ ।

दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने उदेश्य सहित प्रदेश सरकारले एयर लिफ्टिङ कार्यक्रम सुरु गरेको थियो । आगामी आर्थिक वर्षको बजेटमा समेत गण्डकी प्रदेश सरकारले यस कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कार्यक्रम अन्र्तगत लकडाउनको समयमा मात्र तीन जना सुत्केरी गर्भवतीको उद्धार गरि अस्पताल पु¥याएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले जानकारी दिनुभयो । उद्धार गरिएका तीनमध्ये एक जनाको निधन भएको पुनले बताउनुभयो । ति महिलाको समयमा उद्धार हुन नसक्दा निधन भएको भन्दै उहाले दुख ब्यक्त गर्नु भयो ।

“आफ्नो हेलिकोप्टर छैन् खोज्नु पर्यो,उताबाट पनि ढिला खबर आयो, ल्याउने प्रकृया गर्दा गर्दा ढिला भएकोले एकजना गर्भवतीले ज्यान गुमाउनु पर्यो’ मन्त्री पुनले भन्नु भयो ।गएको भदौ महिना देखी हालसम्म प्रदेशका विभिन्न स्थानवाट १५ जनालाई उद्धार गरिएको हो ।

कुनैपनि सुत्केरी वागर्भवतीले अकालमा ज्यान गुमाउन नपरोस्, जानकारी पाएसम्म हामी लागी परेका छौ,।” मन्त्रीपुनले थप्नु भयो । पश्चिम क्षेत्र दुर्गम ठाँउहरुका सुत्केरी वा गर्भवतीलाइ उद्धार गरिएको मन्त्री पुनले बताउनु भयो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत उनिहरुको उद्धार गरिएको मन्त्रालयका वरिष्ठ स्वाथ्य प्रशासक रामबहादुर केसीले जानकारी दिनु भयो । मन्त्रालयले म्याग्दी, बेनी, मुस्ताङ, बाग्लुङ लगायतका ठाँउबाट जटिल समस्या देखिएकालाइ तत्कालै उद्धार गरी पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउने गरेको केसीले बताउनु भयो ।पश्चिम क्षेत्र दुर्गम ठाँउहरुका सुत्केरी वा गर्भवतीलाइ उद्धार गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, “हालसम्म १५ जनालाइ उद्धार गरेका छौ, यहि बैशाख १ गते पोखरा ल्याइएकी बाग्लुङ ढोरपाटनकी भिमा पाण्डेको उद्धारमा ढिला भएकोले बचाउन सकिएन्, अन्य सबैलाइ सकुशल उद्धार भएको छ, खबर पाउदा साथ हामी उद्धारमा जुट्छौ,”।

१५ जनाको उद्धारमा करिव २३ लाख खर्च लागेको जानकारी दिदै केसीले एक पटकमा एक जनालाइ उद्धार गर्दा १ लाख ३० हजार देखि १ लाख ५० हजार सम्म खर्च लाग्ने गरेको जानकारी दिनुभयो । १५ जनामध्ये १ जनाको मात्र १ लाख ३० हजार लागेको र अन्य १४ जनाको १ लाख ५० हजार लागेको केसीको भनाई छ ।