हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

क्वारेन्टाइनमा बसेका एक पुरुषले गरे आत्महत्या

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले गएराति झुन्डिएर आत्महत्या गरेका छन् । शीतगंगा नगरपालिका– ५ जलुकेस्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनको पिसिआर परीक्षणका लागि स्वाब पठाइए पनि रिपोर्ट आउन बाँकी छ ।

एउटै कोठामा बसेका तीनजना साथीलाई सुत्न लगाई विकले स्कुलपछाडिको रूखमा झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी २५ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।