हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको निर्देशन

नेपाल ट्रष्टको कार्यालयले काठमाडौँ प्लाजा खाली गर्न निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई बुझाउन भनिएको छ ।

ट्रष्टको कार्यालयले सूचना जारी गरेर चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ । यसको भवन कमलादीमा छ ।२०६६ पुष २३ गते यी दुई पक्षविच अद्यावधिक सम्झौता भएको थियो । पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा भएको थियो ।

यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ । नेपाल ट्रष्टको ५६ औ बैठकको निर्णयले सो खाली गराउन भनेको थियो ।बैठक २०७६ बैशाख १९ गते बसेको ट्रष्टकी उपसचिव चामिला भट्टराइद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।