हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

ऊर्जावान युवाहरू विदेशमा अलपत्र छन्, उनीहरूकाे निःशूल्क उद्धार गर्नुपर्छ : सांसद विडारी

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्नुपर्ने माग गर्नुभएको छ ।

बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरु काेराेना महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन, अभाव छ । भाडा तिर्ने पैसा छैन, शरीरपनि जीर्ण भएको छ,’ उहाँले भन्नुभयो ।

पैसा नभएको मान्छे पनि नेपाली नै भएको र उनीहलाई स्वादेश फर्काउनु पर्ने उहाँले बताउनुभयो । ‘नेपालमा काम नदिएको कारणले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तिनीहरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि नेपाली नै हो । यहाँ आउनुपर्यो नि ।’’