हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

रुसमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार नाघ्यो

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एकै दिन ८ हजार २४८ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ४५ हजार ४५८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ७ हजार २८४ पुगेको छ ।२ लाख ४३ हजार ८६८ जनाको उपचार भइरहेको छ भने २ लाख ९४ हजार ३०६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।