हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

रौतहटमा थप १२५ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा एकैदिन १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार बुधबार एकैदिन १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा परोहाका २०, देवाहीका ८, ईशनाथका ६, मौलापुरका ३ र बौधीमाईका ११ जना छन् । संक्रमण पुष्टि भएका मध्ये ७७ जनाको विवरण खुल्न नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।