हाम्रो देश
११ माघ २०७७, आइतवार

नेपाल टेलिकमले इन्टरनेटको महसुल नबढाउने

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ ।

सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । त्यस आधारमा इन्टरनेट सेवा प्रदायकहरुले भोलि १ साउनबाट लागू हुने गरी १३ प्रतिशत महसुल बृद्धिको निर्णय गरेका छन् ।

तर नेपाल टेलिकमले भने ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल वृद्धि नगर्ने निर्णय लिएको छ ।

प्रतिकृया दिनुहोस्