हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

भदौमा मात्रै नेपालमा कोरोना पिकमा पुग्ने, अब दैनिक दश हजार स्वाब परीक्षण गरिने

काठमाडौं । विश्वभरको अवस्थालाई आँकलन गरेर विश्व स्वास्थ्य संगठनले नेपालमा साउनमा कोरोना पिकमा पुग्ने प्रक्षेपण गरेको थियो । तर, कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले नेपालमा भदौमा मात्रै कोरोना पिकमा पुग्ने बताउनुभएको छ । बुधबार मन्त्रालयमा पत्रकारहरूसँगको सामूहिक भेटघाटमा उहाँले पछिल्लो संक्रमितहरुको दर र फैलावटलाई नियाल्दा कोरोना पिकमा पुग्न भदौको आधाआधी लाग्न सक्ने निष्कर्ष निकालिएको बताउनुभएको हो ।

अहिले लकडाउन खुकुलो बनाएर जनजीवनलाई केही सहजीकरण गरिएको तर, कोरोना सङ्क्रमण घट्दो क्रममा भने नरहेको उहाँको भनाइ थियो । अहिलेसम्मको परिस्थितिको आँकलन गर्दा भदौमा मात्रै पिकमा पुग्ने देखिएको र यसमा तलमाथि हुनसक्ने पनि उहाँले बताउनुभयो ।

उहाँले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणमै रहेको दाबी गर्दै अब दैनिक दश हजार स्वाब परीक्षण गरिने पनि बताउनुभयो । अहिले दैनिक ६ सय स्वाब परीक्षण हुँदै आएको र अब छिट्टै बढाएर दश हजार पु¥याउने योजना रहेको बताउनुभयो ।