हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

अरुको उद्दार गर्दा गर्दै संक्रमित भएका गाडी मालिकको उद्दार हुन नसक्दा मृत्यु

धनगढी, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज साँझ मृत्यु भएको छ ।
अस्पताल स्रोतका अनुसार गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय कोरोना संक्रमितको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।चिकित्सकले उनलाई कडा खालको निमोनियासंगै कोरोनाको संक्रमणबाट मृत्यु भएको बताएका छन् ।
चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढि भइसकेको थियो । उनी बस मालिक हुन् ।

भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर बिभिन्न स्थानमा पु¥याउने क्रममा उनी संक्रमित भएका थिए । उनी कहिले आफै बस चलाउथे । कहिले बसको क्याविनमा चालकसंगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताईएको छ ।

कोरोनाको लक्षण  देखिएपछि  माया मेट्रो अस्पताल पुगेका उनी इमर्जेन्सीमा सामान्य उपचारपछि घर फर्केका थिए । उनी संक्रमणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भए । नवजीवनको आईसियुमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शनिवार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याईएको थियो ।

सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो ।

उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको थियो । खराव मौसमका कारण आज नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डौंबाट धनगढी आउन सकेन । भोलि उनको उद्दारका लागि निगमको सानो जहाज धनगढी आउदै थियो ।

अरुको उद्दार गर्दा गर्दै संक्रमित भएका उनको भने उद्दार हुन नपाएरै मृत्यु भयो ।