हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

मनाङ पुग्यो कोरोना, गण्डकी प्रदेशमा थपिए ४७ जना संक्रमित

पोखरा, असार ४ । गण्डकी प्रदेशमा विहिबार मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज फेला परेका नयाँ संक्रतिम मध्ये दुई जना महिला र बाँकि ४५ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय रामपुर पोखराले जनाएको छ। यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ९४ पुगेको छ।

जारी सुचना अनुसार हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन्। कपिलवस्तुबाट मनाङ पुगेका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, नवलपरासी बर्दघाट सुस्तापूर्वमा १८, गोरखामा १२, तनहुँमा १२ र पर्वतमा पाँच जना रहेका छन् । दुई जना महिला मध्ये एकजना गोरखा र दोस्रो पर्वतका रहेका छन् ।