हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटमा पनि बैठक बोलाउने समझदारी भएको छ । स्रोतले भन्यो, ‘बजेट र संविधान संशोधनको सबै प्रक्रिया सकिएपछि सम्भवत: बैठक बोलाउने समझदारी भएको छ ।’

असार १० गते बैठक बोलाउने सम्भावना छ । तर अहिलेसम्म बैठकबारे कुनै खबर नआएको एक स्थायी कमिटी सदस्यले अनलाइनखबरलाई बताए।यसअघि दुई पटक मिति तोकेर पनि स्थायी कमिटी बैठक स्थगित भएको थियो । पछिल्लो समय एमसीसीबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो । तर एमसीसी सम्झौता असारभित्र संसदबाट अनुमोदन गर्नुपर्ने दबाबका कारण नेकपा समस्यामा परेको छ ।

बैठकमा एमसीसीका साथै समग्र विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।सरकारले वैशाख दोस्रो साता राजनीतिक विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमै बैठक माग गरेका थिए । चर्को विवादपछि सहमति जुटाएका सचिवालयका नेताहरूले वैशाख २५ गते बैठक बस्ने मिति पनि तोकेका थिए । तर अझै बैठक बसेको छैन ।