हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

आज पनि यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

काठमाडौं : मनसुनी प्रभावका कारण केही दिन देखि देशभर जारी वर्षा अझै तीन दिन राेकिने सम्भावना नरहेकाे मौसमविद्ले बताएका छन् । यस क्रममा आज (बिहीबार) देशका सबै प्रदेशमा हल्का देखि मध्यमसम्म र केही ठाउँमा भारी (ठूलो) वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भवना छ। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ देशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

‘यी प्रदेशका खासगरी पहाडी भेगमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् श्रेष्ठले बिहीबार बिहान भने, ‘तर प्रदेश २ को जनकपुर र वीरगन्जमा पनि भारी वर्षाको सम्भावना देखिएको छ।’ उनका अनुसार मनसुनका कारण भएको बदलीमा बिहानैदेखि वर्षा हुने सम्भवना हुन्छ। यतिबेला (बिहीबार बिहान ६ः३० बजे) भने प्रदेश ५ र कर्णालीमा मौसम लगभग सफा छ, तर पुनः बदली भई वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।

उनका अनुसार मनसुनको प्रभाव अहिले लगभग देशभर नै भइसकेको छ। तर पनि सुदूरपश्चिमका केही भागमा भने अझै यो सक्रिय हुन सकेको छैन। माैसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ:

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको aहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भ वना रहेकाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।