काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नपढेकाहरुले अमेरिकी सहयोग नियोगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोध गरेको बताउनुभएको छ ।
राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसीबारे पढेका मान्छे कम मात्रै देखेको बताउनुभयो । पढ्न अल्छी गर्ने र अनावश्यक हल्ला फैलाउन केही मान्छे सक्रिय भएको ओलीको भनाइ छ ।
खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँड्ने अभ्यास गरिरहेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘लहलहैमा लागेर लौ अमेरिकी सेना आउने भयो भन्छन्, कहाँ के पढ्छन मलाई अचम्म लाग्छ ।’ धेरै जना कागले कान लग्यो भनेर दौडिरहेको तर कान छाम्ने चलन नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले देशको सार्वभौमसत्ता र राष्ट्रियताभन्दा अरु कुनै कुरा ठूलो नभएको बताउनुभयो । देशमा विकास हुन लागेकोमा चिन्ता हुन थालेको हुन सक्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
Recent Comments