हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

पछिल्लो २४ घण्टामा देशभर ६७१ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कूल संक्रमितकाे संख्या ७,८४८ पुगेकाे छ । यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै मृतककाे संख्या २२ पुगेकाे छ ।