हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

बालुवाटारमा सत्ता पक्ष–प्रतिपक्षबीच वार्ता : एमसीसी र नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउने प्रयास स्वरुप छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता र प्रतिपक्षी नेताहरुबीच अहिले छलफल जारी छ ।

छलफलमा प्रधानमन्त्री ओलीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् भने प्रमुख प्रतिक्षी नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि, नेताहरु कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र ज्ञानेन्द्र बहादुर कार्की सहभागी भएका छन् ।

नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा२०७५ साल भदौ ५ गतेदेखि विचाराधीन छ । बुधबारमात्रै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा ५ दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएको थियो ।

विधेयकमाथि समितिमा भएको छलफलमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने त्यो भन्दा कम समयमै दिने भन्नेमा सहमति नभएपछि राजनीतिक सहमतिका सयम मागिएको थियो ।

नागरिकताका विषयमा काँग्रेस सांसदहरु विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने पक्षमा उभिएका छन् भने नेकपाका सांसदहरु सात वर्षअघि नागरिकता दिन नहुने पक्षमा छन् । छलफलमा नागरिकता विधेयकबाहेक एमसीसी र कोरोना रोकथामका विषयमा समेत कुराकानी भइरहेको काँग्रेस नेता रिजालले जानकारी दिए ।