हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भिडिओ कन्फरेन्स

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच भिडिओ कन्फरेन्स सुरू भएको छ। शुक्रबार दिउँसो भएको भिडिओ कन्फरेन्स सिपिसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा भएको हो।

भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री पोखरेलसहित करिब सय जना नेताहरू सहभागी छन्।प्रचण्ड र उपप्रधानमन्त्री पोखरेल पार्टी मुख्यालय धुम्बाराहीको हलबाट सहभागी छन्।

देश र पार्टी कसरी सञ्चालन गर्ने भन्नेबारे भिडिओ कन्फरेन्स हुन गइरहेको बताइएको छ। सिपिसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी छन्।