हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

रायमाझी /भिमेश्वर जेभी भक्तपुरकाे लापरबाही हिलाम्मे सडकमा हिड्डुल गर्ने बाध्य

असार ६ गते शुक्रबार/रबिन्द्र बराल ,माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा जाेडिने बिधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भएको छ । १५ दिन अगाडि सडक निर्माणका लागि सडक काे दायाँ भागमा माटाे थुपारेपछि उक्त सडकमा केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या परेकाे छ ।
रायमाझी /भिमेश्वर जेभी भक्तपुर ले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा पानी परेपछि केही दिन देखि स्थानीयलाई अावत जावत मा निकै समस्या झेल्नुपरेको स्थानीय बताउँछन् ।

ठेक्केदार काे लापरबाही का कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत नभएको कारण निकै समस्य परेको उमाशंकर चाैधरी ले बताए । साे सडकमा रहेको हिलाे का कारण साईकल, माेटरसाईकल तथा पैदल यात्री हरुलाई अावत जावत गर्दा निकै समस्या परेको उनलेे बताए । पुर्वघार विकास कार्यलय माेरङ भाैतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलय द्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँ मा उक्त सडकाे निर्माण का लागि ठेक्का समेत पाएकाे हाे ।

रायमाझी /भिमेश्वर जेभी भक्तपुर ले असाेज २७ गते सम्झौता गरेको छ । साे सडक २०६८ असाेज ३० गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता समेत गरेको छ । यसरी ठेक्केदार काे लापरबाहीले गर्दे स्थानीयले जुनसुकै बेला पनि दुख गर्नुपर्ने बाध्य समेत रहेको छ ।