हाम्रो देश
५ माघ २०७७, सोमवार

विश्वकप छनोटमा नेपाल कठिन समूहमा

काठमाडौं– सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोट खेलमा नेपाल कठिन समूहमा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियामा बुधबार सार्वजनिक गरेको छनोट खेलको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत छन् । समूहमा विश्वकप खेलिसकेको अस्ट्रेलिया निकै बलियो टोली हो ।

एएफसीले एसियाका ४० देशलाई आठवटा समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा पाँच टोली छन् । दोस्रो चरणको छनोट खेल सन् २०२० सेप्टेम्बर ५ देखि जुन ९ तारिखसम्म सञ्चालन हुनेछन् ।

दोस्रो चरणको छनोट खेलपछि आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पाउँनेछन् ।

प्रतिकृया दिनुहोस्