हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

आज काठमाडौंमा थपिए ८ कोरोना संक्रमित

काठमाडौं–नेपालमा थप ३३१ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार थप ३३१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । काठमाडौंका १ जना र भक्तपुरमा ७ जनामा पनि कोरोना पुष्टि भएको छ । यसँसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको ।

पछिल्लो २४ घण्टामा १७६ जना संक्रमण जितेर घर फर्किएका छन् । जसमध्ये १८ जना महिला १५८ जना पुरुष रहेका छन् । अहिलेसम्म नेपालमा एक हजार ५ सय ७८ जना कोरोना जितेर घर फर्केका छन् ।

कहाँका कति ? विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान- झापाका १ जना, सुनसरीका २ जना प्रादेशिक प्रयोगशाला विराटनगरमा -मोरंगका ८ जना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर- महोत्तरीका २४ जना, सर्लाहीका ३ जना नारायणी अस्पताल वीरगन्ज प्रयोगशाला -बाराका ३ जना राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु – बाराका १ जना, बाग्लुंग १४ जना, बैतडीका १८ जना, गुल्मीका १८ जना, डडेल्धुराका १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १ जना, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १ जना, रामेछाप ३ जना, रौतहटका २ जना, रुपन्देहीका १ जना, सर्लाहीका ६ जना शुक्रबार अस्पताल प्रयोगशाला –धादिंगका ८ जना, पाल्पाका १६ जना, भक्तपुरका ७ जना