हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीले आत्महत्या गरेका छन्ः गायक योगेश्वर अमात्य

गायक योगेश्वर अमात्यले सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीहरुले आत्महत्या गरेको बताएका छन् । शनिबार योगेश्वरले आफ्नो फेसबुक अकाउन्टमा सङ्गीत कम्पनीहरुले सङ्गीतकर्मीलाई अन्यायमा पारेको बताउँदै एउटा स्टेटस लेखेका छन् ।

यसमा उनले लेखेका छन्, ‘सङ्गीत कम्पनीहरुका कारण हाम्रो देशमा पनि सङ्गीतकर्मीहरु आत्महत्या, डिप्रेशनमा परेर मृत्यु, आफ्नो सङ्गीतको बाली बटुल्न नपाएर गरिब हुनु परेको छ ।’

यसमा उनले थपेका छन्, ‘सङ्गीत कम्पनीहरु चाहिँ आफू मोटाइरा’ छन् । त्यो पनि डलरमा । बिचरा सङ्गीकर्मीहरु लुटिएका छन् ।’ यसका लागि उनले उचित न्याय हुनुपर्ने मागसमेत राखेका छन् ।

‘यसको पनि दुधको दुध पानीको पानी हुनुपर्छ । मरेकाहरुले न्याय पाउनुपर्छ र अन्याय गर्ने सङ्गीत कम्पनीहरुलाई हत्याको सजाय,’ उनले लेखेका छन् ।