हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

विदेशी बुहारीलाई ७ वर्षमा नागरिकता दिने नेकपाको निर्णयको विरोध

वीरगन्जमा आइतबार विदेशी बुहारीलाई ७ वर्ष पछि वैवहिक नागरिकता दिने नेकपाले गरेको निर्णयको विरोध भएको छ । सतारुढ दल नेकपाको शनिबार बसेको सचिवालयको बैठकले विदेशी बुहारीलाई ७ पर्ष पछि मात्र नागरिकता दिने निर्णय गरेपछि समाजवादी पार्टी महानगर समितिले घन्टाघरमा विरोध प्रदर्शन गरेको हो ।

सत्तामा भएको पार्टीले गरेकाे मधेस विराेधी निर्णयलाई सच्याउन माग गर्दै विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन भएको हो । जबसम्म मधेसको सभ्यता र मधेसको संस्कृतिमाथि अत्याचार भइरहन्छ तबसम्म संघर्ष जारी रहने समाजवादी पार्टीका महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताए ।