हाम्रो देश
४ कार्तिक २०७७, मङ्गलवार

१५ दिनमा कोरोना निको भएका वडाध्यक्षले भने – कोरोनालाई जित्न गाह्रो छैन

कैलाली – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जित्नुभएको छ। नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जित्नुभएको हो ।

गएको जेठ २४ गते धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएका भट्टको लगातार दुई पटक रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना सङ्क्रमण भएपछि नगरपालिकाको आईसोलेसनमा बसेका वडाध्यक्ष भट्ट घर फर्कनुभएको छ । भट्टले मनोबल उच्च राखेमा कोरोनालाई जित्न सकिने बताउनुभएको छ । उहाँले आफूलाई कोरोना सङ्क्रमण भएको कुनै महसुस

नै नभएको बताउँदै आत्मबल बलियो बनाउँदै कोरोनालाई हराउन लागेको बताउनुभयो । आरडीटी रिर्पोट पोजेटिभ आए पनि कुनै लक्ष्मण नदेखिएकोले सुरुदेखि नआत्तिएको बताउँदै उहाँले बीचका केही दिन सास फेर्न समस्या आएपछि अन्य दिन कुनै समस्या नभएको बताउनुभयो ।

आफूले शारीरिक व्यायाम लगायतका कसरतहरु गरिरहेको पनि उहाँको भनाई छ । ‘घाँटीमा समातेको जस्तो भएकाबेला डर लागेको जस्तो हुने रहेछ। ज्वरो पनि आयो । त्यसले केही मन आत्तियो’ उहाँले भन्नुभयो, ‘तर डराउनुभन्दा पनि सम्हालिएर अगाडि बढ्दा कोरोनालाई जित्न गाह्रो छैन ।’

प्रतिकृया दिनुहोस्